A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #

MC J lyrics : "Solti ft. Nepz Flo'"

[Verse : 1] Mc J
आकाशमा हेर्छु देख्छु नौलाख तारा
धर्तिमा हेर्छु महसुस गर्छु स्वार्थी सारा

चर्केको मुटु र मेरो तड्पिएको आत्मा
एक्लो छु म अब कोइ छैन मेरो साथमा
यो स्वार्थी दुनियामा एक तँ थिस् साहारा

सोल्टी जादैछस् तँ नि अब बनाई बाहाना
होलान् तेरा आफ्नै कारण मसंग छुतिन
समाल्न खोज्छु मनलाई तर सक्दिन

जब-जब यो कुरा सोच्छु मन रुन थाल्छ
हाम्रा ती रमाइला पल र झगडा याद आइहाल्छ
संगै बिताएका पलहरु मुटुमा बिउजिन थाल्छ

तँ बिनाको कल्पनामा मन आतिन थाल्छ
बुझाउन खोज्छु आफुलाई र भुल्न खोज्छु तलाई
तर सक्दिन बिर्सिन ती बिगतका दिनलाई

मेरा सुखदुखमा तैले दिएका साथलाई
उज्यालो बनाएका हामीले ती औसीका रातलाई


[Hook]
As we go on , we remember
All the times we ,had together

And as our lives change, come whatever
We will still be
Friends Forever


[Verse : 2] Nepz Flo'
सोल्टी मन तेरो मात्र हैन ,मेरो पनि रुदै छ

बिरानो देशमा आज बाच्न गारो हुदैछ
सम्झिन्छु घर परिवार ,साथी भाइ सबै मेरो
आशु बर्सिन्छ झल्किदिदा त्यो मुहार तेरो

सेरो फेरो त्यो मेरो घर समाज ,याद आइदिदा
होमिन्छु अन्धकारमा ,जोश ,जाँगरले गर्छन बिदा
हाम्रो मित्रता थियो रगत भन्दा गाढा त्यो

सधै थिस मेरो लागि अटूट त्यो नाता थियो
कहिले छोड्दैनौ यो साथ् भन्दै संगै घुमेको
हासेको खेलेको , एक अर्कासगै रमेको

गीत गाउदै बस् थियौ class मा last bench मा जहिले पनि
जे गर्न नि तयार थिस मेरो लागि सोल्टी बनि
कसरी भुल्न सकुला यार ,तँ र ती दिनलाई ?

छुतिदा यस्तो पिडा बाच्न गाह्रो केहि छिनलाई
तर सम्हाली बस सोल्टी ,थामी आमाको मन ,
फर्किनेछु म चाडै खुसि बोकी छुदै गगन !

Submit Corrections